बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • फिसटेल लज र अन्नपूर्ण जगतपुर लजमा  प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले विशेष छुट पाउने

फिसटेल लज र अन्नपूर्ण जगतपुर लजमा  प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले विशेष छुट पाउने

 |  बुधबार, चैत २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०८२

पोखरा- लेकसाइड पोखरा स्थित फिस टेल लज र अन्नपूर्ण जगतपुर लज प्रा.लि बीच प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ।  प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर  दिपेन्द्र बाबु बिष्ट  र लेकसाइडइ पोखरा स्थित फिसटेल लज  र अन्नपूर्ण जगतपुर लज प्रा.लि.का तर्फबाट बिक्री तथा मार्केटीङ क्लस्टर निर्देशक सनीस  महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरेका छन। लेकसाइड पोखरा स्थित फिस टेल लज र अन्नपूर्ण जगतपुर लज प्रा.लिमा सेवा लिदा प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिषेस छुट पाउने छन्। 

National life

सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुबिधा प्राप्त गर्नको लागि बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ। लेकसाइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि. मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०% देखि १५% छुट प्राप्त गर्न सक्नेछन।

बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई 'बिश्वास लिन्छौं, विश्वास दिन्छौं' भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ। 


 

प्रकाशित: Apr 08, 2026| 16:58 बुधबार, चैत २५, २०८२
प्रतिक्रिया दिनुहोस्