मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

 |  मंगलबार, चैत २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०८२

जुम्ला। मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि फागनु मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व सङ्कलन गरेको जनाएको हो। 

National life

कार्यालय प्रमुख मोहनबहादुर विष्टले सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु एक करोड २६ लाख २३ हजार ७७७ राजस्व सङ्कलन भएको जानकारी दिए। यसैगरी पुँजीगत लाभकरतर्फ रु ५७ लाख ३४ हजार ५३६ र विविधतर्फ रु तीन लाख १३ हजार ८६९ राजस्व सङ्कलन भएको उनले बताए। 

राजस्व रकममध्ये पुँजीगत लाभकर सङ्घीय सरकारमा पठाउने प्रावधान छ। त्यसबाहेक पुर्जा धितो, रोक्का, संशोधन, घर कायम, नामसारी विलम्ब शुल्कलगायत शीर्षकको राजस्व रकम प्रदेश सरकारमा पठाउने प्रावधान रहेको कार्यालय प्रमुख विष्टले बताए। सङ्कलित राजस्वमध्ये रजिष्ट्रेसन शुल्कअन्तर्गतको कुल रकमको ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान रहेको छ।

यहाँ गत आर्वमा विभिन्न राजस्व शीर्षकअन्तर्गत रु दुई करोड ४० राजस्व सङ्कलन भएको थियो। त्यसमध्ये घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट रु एक करोड ४२ लाख २३ हजार, सेवा शुल्कबाट रु ९८ लाख २४ हजार, गुठीबाट उठेको राजस्व रु तीन लाख ६४ हजार र पुँजीगत लाभकरतर्फ रु ८४ लाख २९ हजार रहेको थियो।

प्रकाशित: Apr 07, 2026| 19:27 मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्