मंगलबार, चैत २४, २०८२

सुनचाँदीको भाउ सामान्य बढ्यो

 |  मंगलबार, चैत २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०८२

National life
kumari

काठमाडौं- मंगलबार सुनचाँदीको भाउ सामान्य बढेको छ। सुन तोलामा ४ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ८ रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

केही दिनयता सुनको भाउ उतारचढाव सामान्य बनेको छ। गत बुधबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो। आज चाँदी पनि सामान्य बढेको छ।

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको हो। हिजो प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँमा कायम भएको छ। गत मंगलबार चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Apr 07, 2026| 11:40 मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्