सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

 |  मंगलबार, चैत २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०८२
National life
Shivam cement

काठमाडौं- अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन्।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं. ४९ मा रहेका इन्धन सम्बन्धी व्यवस्थाहरू संशोधन गरेको हो।

प्रकाशित: Apr 07, 2026| 08:52 मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्