मंगलबार, साउन १२, २०८३

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

 |  शुक्रबार, चैत २०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ। चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ। 

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार कायम भएको थियो। गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 03, 2026| 11:11 शुक्रबार, चैत २०, २०८२
प्रतिक्रिया दिनुहोस्