काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा 'बजाज न्यू इयरको क्यूआर' नामक उपहार योजना बजारमा ल्याएको छ।
'अब क्यूआर गरी क्यास तिर्ने होइन, क्यास जित्ने' भन्ने मुख्य नाराका साथ सार्वजनिक गरिएको यस योजनाले ग्राहकहरूलाई डिजिटल माध्यमबाट रोमाञ्चक पुरस्कारहरू जित्ने मौका प्रदान गर्ने कम्पनीले जनाएको छ।
यस योजनामा सहभागी हुन ग्राहकहरूले बजाजका शोरुमहरू, सामाजिक सञ्जाल वा विभिन्न सञ्चार माध्यममा उपलब्ध क्यूआर कोड स्क्यान गरी गेम खेल्नुपर्ने हुन्छ।
कम्पनीका अनुसार, यसरी सहभागी हुनेहरूमध्ये प्रत्येक दिन एक जना भाग्यशाली विजेताले स्मार्ट वाच प्राप्त गर्नेछन्। त्यसैगरी, बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार र अन्य विभिन्न आकर्षक उपहारहरू जित्न सक्ने सुविधा रहेको छ।
डिजिटल प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ग्राहकलाई नयाँ अनुभव दिन यो योजना ल्याइएको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताएका छन्।
सामान्यतया भुक्तानीका लागि प्रयोग गरिने क्यूआर कोडलाई यसपटक उपहार जित्ने माध्यम बनाइएको यो योजना देशभरका सबै आधिकारिक बजाज शोरुमहरूमा लागू हुने विज्ञप्तिमा उल्लेख छ। नयाँ वर्षको अवसरमा गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि यो योजनाले थप उत्साह थप्ने कम्पनीको विश्वास छ।