शुक्रबार, चैत २०, २०८२

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

 |  बिहीबार, चैत १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०८२

National life
kumari

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ। सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको छ। 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको थियो। गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ८४५ कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 02, 2026| 10:59 बिहीबार, चैत १९, २०८२
प्रतिक्रिया दिनुहोस्