मंगलबार, साउन १२, २०८३

इटहरीमा फोटोन मोटर्सको सोरुम सञ्चालनमा

 |  बिहीबार, चैत १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०८२

काठमाडौं- फोटोन मोटर्स नेपालले  इटहरीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ।कम्पनीले नेपालभर आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने र पूर्वी क्षेत्रका ग्राहकहरूसम्म आफ्ना उत्पादन तथा सेवाहरू सहज रूपमा पुर्याउने उदेश्यले इटहरीमा सोरुम सञ्चालनमा ल्याएको हो। यो सोरुमले सुनसरी, मोरङ तथा आसपासका जिल्लाका ग्राहकहरूलाई सेवा दिने बताइएको छ।

नयाँ सोरुमबाट ग्राहकहरूले एकै स्थानमा सेल्स, आफ्टर सेल्स सर्भिस तथा जेनुइन स्पेयर पार्ट्स सजिलै प्राप्त गर्न सक्नेछन्। यस एकीकृत व्यवस्थाले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्नुका साथै सेवा समय घटाउने र समग्र स्वामित्व अनुभवलाई सहज बनाउने लक्ष्य  राखिएको छ।

आइतबार सोरुमउद्घाटनको अवसरमा कम्पनीले एक 'कस्टमर मिट' कार्यक्रमको पनि आयोजना गरेको थियो। उक्त कार्यक्रममा विद्यमान तथा सम्भावित ग्राहकहरूले आफ्ना अनुभव, अपेक्षा र सुझावहरू कम्पनीसँग प्रत्यक्ष रूपमा साझा गरेका थिए। ग्राहकहरूको प्रतिक्रियालाई प्राथमिकता दिँदै सेवामा निरन्तर सुधार गर्ने र भविष्यका रणनीतिहरू तय गर्ने कम्पनीले जनाएको छ।

फोटोनले भौतिक पूर्वाधारसँगै विद्युतीय सवारी साधनका लागि आवश्यक संरचनामा पनि लगानी बढाउँदै लगेको छ। हालसम्म देशभर १६६ भन्दा बढी स्थानमा  CCS2 टाइप DC फास्ट चार्जिङ नेटवर्क विस्तार भइसकेको र यो क्रम अझै जारी रहने कम्पनीले जनाएको छ। यसले इलेक्ट्रिक सवारी धनीहरूको 'रेन्ज' सम्बन्धी चिन्ता घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: Apr 02, 2026| 10:44 बिहीबार, चैत १९, २०८२
प्रतिक्रिया दिनुहोस्