मंगलबार, चैत १७, २०८२

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

 |  मंगलबार, चैत १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०८२

National life
kumari

काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु छ हजार ७००  र चाँदी रु १४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको छ। 

हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७०० मा कारोबार भएको थियो। गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 31, 2026| 11:30 मंगलबार, चैत १७, २०८२
प्रतिक्रिया दिनुहोस्