मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिप्रदीले सार्वजनिक गर्‍यो ई-रिक्साका लागि अत्याधुनिक ब्याट्री, ३ घण्टामै फूल चार्ज हुने

सिप्रदीले सार्वजनिक गर्‍यो ई-रिक्साका लागि अत्याधुनिक ब्याट्री, ३ घण्टामै फूल चार्ज हुने

 |  मंगलबार, चैत १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०८२

काठमाडौं- सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई-रिक्साका लागि अत्याधुनिक ‘एक्साइड ई-राइड’ लिथियम-आयन ब्याट्री सार्वजनिक गरेको छ। ई-रिक्सा चालकहरूको सञ्चालन खर्च घटाउने र आम्दानी बढाउने उद्देश्यका साथ नयाँ प्रविधिको ब्याट्री बजारमा ल्याइएको हो।

National life

यो ब्याट्री एआईएस-१५६, फेज-२ प्रमाणित हुनुका साथै सुरक्षाका लागि आइपि ६७ रेटिङ प्राप्त छ, जसले यसलाई पानी र सर्ट सर्किटबाट जोगाउँछ। ब्याट्रीसँगै कम्पनीले २ वर्षको वारेन्टी भएको २५ एम्पियरको एसएमपीएस चार्जर समेत उपलब्ध गराएको छ। यो चार्जरको सहायताले ब्याट्री ३ देखि ४ घण्टामा पूर्ण चार्ज हुने कम्पनीले जनाएको छ।

परम्परागत लेड-एसिड ब्याट्रीको आयु औसतमा १ देखि २ वर्ष मात्र हुने भए तापनि यो लिथियम-आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने क्षमताको छ। हल्का तौल र उच्च क्षमताका कारण यसले ई-रिक्सालाई बढी माइलेज दिने र समान पावर कायम राख्न मद्दत गर्दछ। साथै, यसमा बारम्बार पानी थप्नु पर्ने झन्झट नहुने र मर्मत खर्च पनि न्यून हुने भएकाले यो ई-रिक्सा व्यवसायीहरूका लागि किफायती मानिएको छ।

कम्पनीले ब्याट्रीमा ३६ महिनाको वारेन्टी प्रदान गरेको छ। ब्याट्री नेपालभरका सबै आधिकारिक एक्साइड डिलरहरूमार्फत उपलब्ध हुने सिप्रदी ट्रेडिङले जानकारी दिएको छ।

प्रकाशित: Mar 31, 2026| 11:04 मंगलबार, चैत १७, २०८२
प्रतिक्रिया दिनुहोस्