काठमाडौं- विश्वभर इन्धनको मूल्य उच्च विन्दुमा पुगिरहेको वर्तमान समयमा, यमाहा नेपालले आधिकारिक रूपमा आफ्नो अहिलेसम्मको सबैभन्दा प्रभावशाली अभियान 'नाउ आई एम ७१.३३ केएमपीएल' सार्वजनिक गरेको छ।
यो अभियान नेपालको बजारमा हाइब्रिड प्रविधिलाई सफल रूपमा अपनाइएको र स्थापित गरिएको खुसियालीमा ल्याइएको हो। नेपालकै एकमात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरको रूपमा यमाहा रेजेटआर १२५-एफआई हाइब्रिड अब एक रोजाइ मात्र नभई, अनिश्चित अर्थतन्त्रमा हजारौं चालकहरूका लागि एउटा भरपर्दो समाधान बनेको कम्पनीको दाबी छ।
दैनिक यात्रा गर्नेहरूका लागि पेट्रोलको प्रत्येक लिटरले जीवनका अन्य अत्यावश्यक आवश्यकता र गतिशीलता बीचको छनोटलाई प्रतिनिधित्व गर्दछ। विश्वव्यापी रूपमा इन्धनको लागत बढ्दै जाँदा, ट्याङ्की भर्दाको मानसिक र आर्थिक तनाव पहिले कहिल्यै यति धेरै भएको थिएन। यमाहा नेपालले बुझेको छ कि चालकहरू केवल एउटा स्कुटर मात्र खोजिरहेका छैनन्, उनीहरू आर्थिक सहजता पनि खोजिरहेका छन्।
कम्पनीका अनुसार साधारण १२५ सीसीका स्कुटरले औसत ४०-४५ किमीरलिटर माइलेज दिन्छन्। तर रे जेटआर हाइब्रिडको एआरएआई-प्रमाणित ७१.३३ किमीरलिटरले लगभग ४० प्रतिशत बढी माइलेज प्रदान गर्छ। सहरको नियमित यात्रामा, यो कार्यक्षमताले चालकको गोजीमा हजारौं रुपैयाँ फिर्ता गरिदिन्छ-जसले ३ वर्षको अवधिमा इन्धन बचत मार्फत मात्रै स्कुटरको लागतको १ लाख रुपैयाँभन्दा बढी बचत गरिदिन्छ।
यमाहा रे जेटआरमा सेग्मेन्टमै पहिलो हाइब्रिड प्रविधि रहेको छ भने सेग्मेन्टमै सबैभन्दा हलुका डिजाइन रहेको छ। यो मात्र ९९ केजी तौलको छ। त्यसैगरी उन्नत एफआई र स्टपरस्टार्ट सिस्टम यसमा छ।
यमाहा नेपालले उद्योगमै पहिलो पटक एक विशेष योजना ल्याएको छ। जसअनुसार २०८२ चैत १ गतेदेखि रे जेटआर हाइब्रिड खरिद गर्ने सबै ग्राहकहरूका लागि ५ वर्षसम्मको निःशुल्क सर्भिसिङको व्यवस्था छ।
'यो अभियान ती हजारौं सन्तुष्ट चालकहरूको आवाज हो जसले आफ्नो दैनिक जीवनमा ७१-३३ किमीरलिटरको माइलेज पहिले नै अनुभव गरिसकेका छन्’, यमाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, 'यो रेकर्ड-ब्रेकिङ माइलेज र ५ वर्षको निःशुल्क मर्मत सुविधालाई जोडेर हामी ग्राहकको स्वामित्व अनुभवबाट खर्चको चिन्ताु हटाउँदै छौँ।'
आफ्नो कार्यक्षमताबाहेक रे जेटआर हाइब्रिड एक प्रविधि-मैत्री आइकनको रूपमा रहेको छ। यसमा वाई-कनेक्ट ब्लुटुथ कनेक्टिभिटी, सुरक्षाका लागि साइड-स्ट्यान्ड इन्जिन कट-अफ र २१ लिटरको अन्डर-सिट स्टोरेज जस्ता सुविधाहरू छन्। यो प्रदर्शन, शैली र बजारकै सबैभन्दा स्मार्ट इकोनोमी खोज्ने चालकहरूका लागि एक उत्कृष्ट रोजाइ हो।