मंगलबार, साउन १२, २०८३

७ महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

 |  आइतबार, चैत १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०८२

वीरगञ्ज- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ। गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु नौ अर्ब ९४ करोड बढीको निर्यात भएको छ। गत आवको सात महिनामा भने रू ५६ अर्ब ५४ करोड मूल्य बराबरका वस्तु तथा समान विदेशी मुलुक निर्यात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताए। चालु आवको सात महिनामा रु ३५ अर्ब ५८ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ।

चार अर्ब ९७ करोड मूल्य पर्ने फलफूलको जस निर्यात भएको छ। रू चार अर्ब ५८ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। रू तीन अर्ब ७७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ भने रू दुई अर्ब ३३ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ। रू एक अर्ब ५८ करोड मूल्य पर्ने सिन्थेटिक थार्न निर्यात भएको छ।

चालु आवको पाँच महिनामा रू पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्यका वस्तु तथा सामान भित्रिएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ५८ अर्ब ९१ करोड अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ।

गत आवको सात महिनामा भने रू पाँच अर्ब ३६ करोड ५५ करोड मूल्यपर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो।    -रासस

प्रकाशित: Mar 29, 2026| 13:24 आइतबार, चैत १५, २०८२
प्रतिक्रिया दिनुहोस्