शुक्रबार, चैत १३, २०८२

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

 |  शुक्रबार, चैत १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०८२

पर्सा- चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन्।

National life

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ५८ अर्ब ९१ करोडअर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ। गत आवको सात महिनामा भने रु पाँच अर्ब ३६ करोड ५५ करोड मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो। 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताए। 

वीरगञ्ज हुँदै चालु आवको सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ भने सोही अवधिमा रु ५२ अर्ब ७५ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ। साथै रू ४२ अर्ब ४८ करोड मूल्य पर्ने मेसिनरी पार्टपुर्जा, रु ४१ अर्ब २० करोड मूल्य पर्ने भटमासको कच्चा तेल, रु ३० अर्ब ९१ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा, रु २८ अर्ब ५९ करोड मूल्य पर्ने मलखाद र रु २३ अर्ब ७१ करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन्।

प्रकाशित: Mar 27, 2026| 10:52 शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्