काठमाडौं- मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा भरतराज ढकाल नियुक्त भएका छन्। यही चैत ११ को सञ्चालक समितिको बैठकले ढकाललाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो।
उनले वैशाख १ देखि कार्यभार सम्हाल्नेछन्। उनले विगतमा पनि कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालिसकेका छन्। उनीसँग बैंक तथा वित्तहरु, सामाजिक तथा व्यावसायिक संस्था तथा कृषि क्षेत्रमा काम गरेको अनुभव छ।