काठमाडौं- नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउनुका साथै विशेष अफरको घोषणा गरेको छ।
पोखराको लेकसाइडस्थित तालबाराही चौरमा मार्च २५ देखि २९ अर्थात चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए-१२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिन्छ। कम्पनीले हाल नेपाली बजारमा उपलब्ध आकर्षक मोडलहरु प्रदर्शन गरेको छ।
जसअनुसार कम्प्याक्ट र स्मार्ट इन्ट्री लेभलको एसयूभी बीवाईडी एट्टो-१, भर्सटाइल र कम्फर्टेबल इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो-२ र प्रिमियम इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो-३ को अवलोकन तथा बुकिङ गर्न पाइने कम्पनीले जनाएको छ।
पाँच दिनसम्म चल्ने इभेन्टमा बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने छ । प्रत्येक गाडी बुकिङ वापत पाइने सो स्पेसल वाडा अटो शो अफर मार्फत ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीतिर स्विच हुने उपयुक्त मौका हुने कम्पनीले जनाएको छ।
यस अन्तर्गत ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी, १ वर्षको फ्रि इन्स्योरेन्स, १ वर्षको सडक दस्तुर छुट, आकर्षक नगद छुट, फ्रि एसेसरिज, कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुनेछ।
बीवाईडीका सबै सवारी साधनहरु कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई-प्लेटफर्म ३.० ले सुसज्जित रहेकाले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउनमा भूमिका खेलेको कम्पनीको भनाइ छ।
यसले दिगो र भविष्यमुखी मोबिलिटीतिर रहेको बीवाईडीको प्रतिबद्धतालाई जोड दिएको कम्पनीले जनाएको छ । अवलोकनकर्ताहरुले सवारी साधनहरु अवलोकन गर्न, विशेषज्ञहरुसँग अन्तरक्रिया गर्न र सो इभेन्टमा मात्र उपलब्ध हुने अफरको फाइदा लिन सकिनेछ।