बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंककाे ग्लोबल मनी विक विविध कार्यक्रम गरि सम्पन्न

सिद्धार्थ बैंककाे ग्लोबल मनी विक विविध कार्यक्रम गरि सम्पन्न

 |  बुधबार, चैत ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०८२

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी विक अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ। मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल मनी विकको अवसरमा साताभर विविध कार्यक्रम भएका छन्।

National life

यस वर्षको ग्लोबल मनी विकको नारा 'स्मार्ट मनी टक्स' रहेको थियो। बैंकले सात प्रदेशका विद्यालय तथा क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो।

बैंकिङ सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने प्रयास गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार यी कार्यक्रममा २ हजार १७१ जना विद्यार्थीको सहभागिता रहेको थियो। साथै बैंकको आधारभूत बैंकिङ सञ्चालन पद्दतिबारे जानकारी गराउने उद्देश्यले ४७८ जना विद्यार्थीलाई विभिन्न शाखाको भ्रमण कार्यक्रम पनि गरिएको थियो।

देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यका साथ बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सप्ताहभरि दैनिक रूपमा सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्रीहरु समेत प्रकाशन गरेको थियो। वित्तीय सचेतनाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास स्वरुप बैंकद्वारा गरिएको कार्यक्रमहरुबाट ग्लोबल मनी विक २०२६ का मूल उद्देश्यहरू हासिल गर्न सकारात्मक योगदान पुगेको बैंकले विश्वास लिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 25, 2026| 15:13 बुधबार, चैत ११, २०८२
प्रतिक्रिया दिनुहोस्