बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एकैदिन १४ हजार ६०० रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

एकैदिन १४ हजार ६०० रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

 |  बुधबार, चैत ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ। 

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको थियो। 

गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो। 
    
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 25, 2026| 13:03 बुधबार, चैत ११, २०८२
प्रतिक्रिया दिनुहोस्