शनिबार, कात्तिक २१, २०८३

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

 |  मंगलबार, चैत १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०८२

Machhapuchchhre

पर्सा- चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ।

पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ। त्यसैगरी, रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ।  सोही अवधिमा रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ।

प्रकाशित: Mar 24, 2026| 22:58 मंगलबार, चैत १०, २०८२