काठमाडौं- सुजुकीले नेपालमा आफ्नो नवीनतम एक्सेस १२५ बीएस-६ ओबीडी-२बी आधिकारिक रूपमा लन्च गरेको छ। यो स्कुटर अहिले नेपालभरिका सबै अधिकृत सुजुकी डिलरशिपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
भारतको १२५सीसी सेगमेन्टमा सर्वाधिक बिक्री हुने स्कुटरको रूपमा चिनिएको एक्सेस १२५ले आफ्नो प्रस्तुति, उन्नत न्यून उत्सर्जन प्रविधि र आकर्षक रङ विकल्पहरूसहित नेपाली बजारमा प्रवेश गरेको छ।
यस नवीनतम संस्करणमा १२५ सीसी, एयर-कूल्ड, फ्युल इन्जेक्सन, सिंगल-सिलिन्डर बीएस-६ इन्जिन छ। ओबीडी-२बी अन-बोर्ड डायग्नोस्टिक मापदण्डको अनुपालन गर्ने कम्पनीको दाबी छ। यसले ८.३ बीएचपी शक्ति र १०.२ एनएम टर्क उत्पादन गर्छ, जसले नेपालको शहरी र राजमार्ग दुवै सवारीका लागि सहज अनुभव प्रदान गर्दछ।
एक्सेस १२५ पाँच आकर्षक रङ विकल्पहरू सोलिड आइस ग्रिन, पर्ल शाइनी बेज, मेटालिक म्याट स्टेलर ब्लु, पर्ल ग्रेस व्हाइट, मेटालिक म्याट ब्ल्याक रहेका छन्।
यसका प्रमुख विशेषताहरूमा १२४सिसी, एयर-कूल्ड, ४-स्ट्रोक, सिंगल-सिलिन्डर, फ्युल इन्जेक्सनयुक्त इन्जिन, ८.३ बीएचपी पावर, १०.२ एनएम टर्क, बीएस-६ ओबीडी-२बी कार्बन न्यूनीकरण मानक, १०६ किलोग्राम कर्ब वेट, ५.३ लिटर फ्युल ट्यांक र इलेक्ट्रिक र किक स्टार्ट दुवै रहेका छन्।
सुजुकी एक्सेस सबै अधिकृत सुजुकी डिलरशिपमा अहिले नै उपलब्ध छ।