सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मुस्ताङ भन्सारले गर्‍यो ७ महिनामा ५ अर्ब ७१ करोड बढी राजस्व संकलन

मुस्ताङ भन्सारले गर्‍यो ७ महिनामा ५ अर्ब ७१ करोड बढी राजस्व संकलन

 |  सोमबार, चैत ९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०८२

मुस्ताङ- नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ। गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म ५ अर्ब ७१ करोड १० लाख राजस्व सङ्कलन गरेको जनाएको छ।

National life

कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड मूल्य बराबरको मालवस्तु आयात भएको छ भने २० करोड ३० लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो। हालसम्म कोरलानाकाबाट भित्रिएका दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए।

यसैगरी, मुस्ताङ भन्सार कार्यालयबाट एक हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएकोे भन्सार प्रमुख खड्काको भनाइ छ। गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि मुस्ताङको कोरलानाकालाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरिएको थियो।

यसलगत्तै नेपाल सरकार भन्सार विभागले वैकल्पिक रुपमा प्रयोग गरिएको कोरलानाकालाई पूर्ण रुपमा सञ्चालन गराएको थियो।

प्रकाशित: Mar 23, 2026| 12:45 सोमबार, चैत ९, २०८२
प्रतिक्रिया दिनुहोस्