बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भायानेटले ल्यायो घरको कुना-कुनासम्म चल्ने तीव्र गतिकाे इन्टरनेट

भायानेटले ल्यायो घरको कुना-कुनासम्म चल्ने तीव्र गतिकाे इन्टरनेट

 |  सोमबार, चैत ९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०८२

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक 'वाइफाइ-६'  प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो।

आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको छ।

पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सी  लाई न्युनतम स्तरमा झार्दछ। फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस हुने छैन।


 

प्रकाशित: Mar 23, 2026| 11:18 सोमबार, चैत ९, २०८२
प्रतिक्रिया दिनुहोस्