आइतबार, चैत ८, २०८२

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

 |  आइतबार, चैत ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं। सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आज मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ। 

गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित सङ्घीय सांसदहरुको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो।

बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो। सो सम्बन्धमा आवश्यक सबै तयारी पुरा भएको प्रहरीले अवगत गराएको छ।

प्रकाशित: Mar 22, 2026| 19:13 आइतबार, चैत ८, २०८२
प्रतिक्रिया दिनुहोस्