शुक्रबार, चैत ६, २०८२

निरन्तर घटिरहेको छ सुनको भाउ, आज कति छ मूल्य?

 |  शुक्रबार, चैत ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०८२

काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ कायम भएको छ। 

हिजो बिहीबार एक तोला सुन रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको थियो। 

गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १५० कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 20, 2026| 13:15 शुक्रबार, चैत ६, २०८२
प्रतिक्रिया दिनुहोस्