बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

 |  बुधबार, चैत ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०८२

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ।

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ जारी गर्न लागेको हो। बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ।

जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५५ दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

प्रकाशित: Mar 18, 2026| 13:12 बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्