बुधबार, साउन १३, २०८३

सुनको भाउ तोलामा २२ सयले घट्यो, कतिमा हुन्छ किनबेच ?

 |  बुधबार, चैत ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु दुई हजार २००   र चाँदी रु १८५ ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५० कायम भएको छ। 

 हिजो मङ्गलवार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी  रु पाँच हजार ३३५ कारोबार भएको थियो। गत सोमवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २६५ निर्धारण भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार  र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 18, 2026| 11:17 बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्