बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा जीप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा जीप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

 |  बिहीबार, फागुन २८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २८, २०८२

धनगढी । कञ्चनपुरमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

National life

पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकोट नगरपालिका-७ को लालपुरमा से १ च १४०५ को जीप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवारको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए ।

उनकाअनुसार दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। दुवै जनाको परिचय खुल्न बाँकी छ।

प्रकाशित: Mar 12, 2026| 15:23 बिहीबार, फागुन २८, २०८२
प्रतिक्रिया दिनुहोस्