शुक्रबार, जेठ १, २०८३

‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’, कसको हात लाग्ला सफलता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – नेपाली हलहरुमा एकै साथ तीन फिल्म प्रदर्शनमा आएका छन्। शुक्रबारबाट फिल्म ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ प्रदर्शनमा आएका हुन्।
 
दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’ ले स्वदेशमै अथाह सम्भावना रहेको कथा देखाएको छ। यस्तै गोविन्द सिंह भण्डारीको ‘रणवीर’ बदला भावको कथावस्तु समेटेको छ भने रामशरण पाठकको निर्देशन रहेको फिल्म ‘सयकडा दश’ भष्ट्राचार विरुद्ध चेतना जागृत गर्न खोजेको छ। तीन फिल्मका गीत र ट्रेलरलाई दर्शकले औषि रुचाएका छन्। तीन वटै फिल्म मध्ये कसले बढी ब्यावसायिक सफलता हासिल गर्ला? त्यो भने हेर्न बाँकी छ।
 
‘गोपी’ फिल्ममा विपिन कार्कीले गाई पालक युवकको भूमिका निर्वाह गरेका छन्। ‘गोपी’ले यस अघी नै दुई पटक विशेष शो गरेर विशिष्ट व्यक्तित्वहरुबाट वाहवाही बटुलि सकेको छ। आरोही केसी निर्माता रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त फिल्मलाई शैलेन्द्र डि कार्किले खिचेका हुन्। कोरियोग्राफरको रुपमा गोविन्द राई छन्।
 
गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित फिल्म ‘रणवीर’मा शिक्षित युवाले समाजमा गर्नु परेको संघर्षको कथावस्तुलाई समेटिएको छ। फिल्ममा एक्सन तथा ड्रमाबाट पनि दर्शकहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन्। फिल्ममा शुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारलाई मुख्य भुमिकामा देख्न सकिने छ। फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ।
 
यस्तै, ‘सयकडा दश’ बाट हास्यकलाकार मनोज गजुरेलले अभिनय यात्रा सुरु गरेका छन्। भष्ट्राचारले समाज र परिवारमा पार्ने प्रभावको कथा भन्ने फिल्ममा मनोजका अलावा सोनिया राई, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, राजाराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको अभिनय छ। 
 
रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन्। फिल्मका रामेश्वर कार्की छायांकार हुन्। बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा रज्जु प्रधानको कथा छ। हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्