सोमबार, फागुन ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राँगाको मासु प्रशोधन उद्योगमा नेपाली र चिनियाँ कामदारबीच झडप, 

राँगाको मासु प्रशोधन उद्योगमा नेपाली र चिनियाँ कामदारबीच झडप, 

 |  सोमबार, फागुन ११, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ११, २०८२

सिन्धुली-मरिणमा निर्माणाधीन हिमालयन फुड कम्पनी राँगाको मासु प्रशोधन उद्योग मा कार्यरत कामदारबीच झडप  हुँदा  ७ जना घाइते भएका छन् ।आपसी विवादको क्रममा भएको झडपमा ७ जना कामदार घाइते भएका हुन् ।सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको सो कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् ।घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन् ।

National life

 जिल्लाकै मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 

उनका अनुसार हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरु ३८ वर्षीय नागरिक मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते छन् । उनीहरूको कान, टाउको, हात, छाति, मुखमा चोट लागेको र हाल मरिणकै प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

 मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सुरु भएको थियो । सिन्धुली प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित: Feb 23, 2026| 15:08 सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्