बुधबार, साउन १३, २०८३

उदयपुर जिल्लामा यात्रुवाहक बस दुर्घटना

 |  सोमबार, फागुन ११, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ११, २०८२

काठमाडौं-उदयपुर जिल्लामा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा दुर्घटनामा परेको हो। 

जानकारी अनुसार बसको ब्रेक फेल भएपछि नियन्त्रण गुमाएर सडकबाट करिब ३०–४० फिट तल खसेको प्रहरीले जनाएको छ।दुर्घटनापछि सशस्त्र प्रहरी बल नं ५ गण उदयपुरबाट खटिएको क्यूआरटी टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको जनाइएको छ।घाइतेहरूको अवस्था र दुर्घटनाबारे थप विवरण आउन बाँकी नै रहेको छ। 

प्रकाशित: Feb 23, 2026| 14:39 सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्