आइतबार, फागुन १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सवारी साधन कर्जाको एलटिभी रेसियो ८० प्रतिशत पुर्‍याउन नाइमाको माग

सवारी साधन कर्जाको एलटिभी रेसियो ८० प्रतिशत पुर्‍याउन नाइमाको माग

 |  आइतबार, फागुन १०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १०, २०८२

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सबै प्रकारका सवारी साधनमा हायर-पर्चेज कर्जाको ऋण-मूल्य अनुपात (एलटिभी रेसियो) हाल कायम ६० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत पुर्‍याउन सरकारसँग औपचारिक आग्रह गरेको छ ।

National life

नाइमाले नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयसमक्ष यस्तो नीतिगत पुनरावलोकनका लागि अनुरोध गरेको हो ।

नाइमाका अनुसार हालको ६० प्रतिशतको सीमाका कारण अटोमोबाइल बजारमा सुस्तता आएको छ । उच्च प्रारम्भिक भुक्तानी (Down Payment) को आवश्यकताले गर्दा धेरै उपभोक्ताहरू सवारी साधन खरिद गर्न असमर्थ भएका छन्, जसले गर्दा बिक्रीमा कमी मात्र आएको छैन, समग्र आर्थिक गतिविधि र राजस्व संकलनमा समेत नकारात्मक प्रभाव पारेको संस्थाले जनाएको छ ।

अटोमोबाइल क्षेत्रले भन्सार, अन्तःशुल्क र भ्याटमार्फत देशको राजस्वमा ठूलो योगदान पुर्‍याउँदै आएको सन्दर्भमा बिक्री बढ्दा राजस्वमा पनि सकारात्मक प्रभाव पर्ने नाइमाको विश्वास छ ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई पूँजी परिचालन गर्न सवारी साधन कर्जामा लचकता अपनाउनु व्यावहारिक उपाय हुने नाइमाको धारणा छ । हायर-पर्चेज कर्जा किस्ताबन्दीमा आधारित र धितो सुरक्षित हुने भएकाले यो क्षेत्र तुलनात्मक रूपमा सुरक्षित रहेको समेत विज्ञप्तिमा उल्लेख छ । सवारी साधनको बिक्रीले सर्भिस केन्द्र, स्पेयर पार्ट्स, बीमा, वित्तीय सेवा र ढुवानी जस्ता सहायक उद्योगहरूलाई सक्रिय बनाउँदै रोजगारी सिर्जना गर्ने हुँदा यसमा नीतिगत सहजीकरण हुनुपर्नेमा नाइमाले जोड दिएको छ ।

Laxmi sunrise bank

नाइमाले आफ्नो 'मोबिलिटी फर अल' (Mobility for All) को मिशन अनुरूप यस विषयमा निरन्तर पैरवी गर्दै आएको र आगामी दिनमा पनि नीतिगत सुधारका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित: Feb 22, 2026| 11:12 आइतबार, फागुन १०, २०८२
प्रतिक्रिया दिनुहोस्