बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफद्वारा पोखरामा ७० जना 'एमडीआरटी' अचिभर सम्मानित

सिटिजन लाइफद्वारा पोखरामा ७० जना 'एमडीआरटी' अचिभर सम्मानित

 |  आइतबार, फागुन १०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १०, २०८२

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरास्थित होटल पोखरा ग्रान्डमा 'एमडीआरटी २०२६' सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

फागुन ५ देखि ७ गतेसम्म चलेको उक्त कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने ७० जना सिटिजन लिडरुहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा ६७ जना एमडीआरटी, २ जना सीओटी र १ जना टीओटी क्वालिफायर रहेका छन्।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) को विशेष उपस्थिति रहेको थियो। उनीहरूले आफ्नो प्रस्तुतिमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गर्नुका साथै विजेताहरूलाई सम्मान गरेका थिए।

सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक क्षमता विकासका लागि प्रख्यात मोटिभेसनल स्पिकर डा। रबिन कटवालले 'द सिक्रेट अफ प्रोग्रेसिभ लाइफ' विषयमा विशेष प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल र प्रशिक्षण विभाग प्रमुख कुबेर पाठकले व्यावसायिक रणनीति र आगामी लक्ष्यबारे मार्गदर्शन गरेका थिए। 

समापन समारोहमा सीईओ पौडेलले कम्पनीको सफलताको मुख्य आधार अभिकर्ताहरूको समर्पण र उत्कृष्ट कार्यसम्पादन रहेको बताउँदै आगामी दिनमा थप उच्च सफलताको कामना गरे।

प्रकाशित: Feb 22, 2026| 11:07 आइतबार, फागुन १०, २०८२
प्रतिक्रिया दिनुहोस्