बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • सुदूरपश्चिमको कला र संस्कृति बोल्ने कृष्णको होली गीत होरीमा महानायक हमाल र उषाको अभिनय

सुदूरपश्चिमको कला र संस्कृति बोल्ने कृष्णको होली गीत होरीमा महानायक हमाल र उषाको अभिनय

 |  शनिबार, फागुन ९, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ९, २०८२

काठमाडौं। गायक कृष्ण बिक र गायिका समिक्षा अधिकारीको स्वर रहेको होरी बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

National life

सुदूरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि गायक कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीका माध्यमबाट देखाउन खोजेका छन्। गीतमा महानायक राजेश  हमाल, पूर्वमिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीको अभिनय देख्न सकिन्छ।

भक्तपुरका विभिन्न स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाएको मात्रै छैन होली आउन केही दिन बाँकी नै रहेको अवस्थामा पनि होली घर आँगनमा नै आइपुगेको महशुस गराएको निर्माण यूनिटको दाबी छ। 

सुदूरको संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले लामो समयको प्रयासपछि होरी आम दर्शक श्रोतामाझ आएको निर्देशक सरोज खड्का बताउँछन्। 

भन्छन् भिडियोमा राजेश र उषाका माध्यमबाट सुदुरपश्चिमको कला र संस्कृतिलाई देखाउने काम गरिएको छ। राम अबिरल बिष्टको शब्द सृजना रहेको गीतमा दीपक आरजेको संगीत रहेको छ। भिडियो  २ दिन लगाएर  भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको हो। पवन सुस्लिगंको छायांकन रहेको गीतको सम्पादन मिलन श्रेष्ठले गरेका हुन्। 

kumari

देउ सिंह ओराको कोरियोग्राफी रहेको होरी गायक स्वयम कृष्ण बिको अफिसियल च्यानलबाट बजारमा आएको हो। कृष्ण डेढ दशकभन्दा बढी समयदेखि नेपाली संगीतमा सक्रिय गायक हुन्। उनका ‘आँखा मार्ने’  ‘रातो टिकी’ ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’, ‘यानि माया’, ‘रानी माया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘नीरमाया’सहित २ दर्जन बढी गीत बजारमा आईसकेका छन्। जसमध्ये उनका अधिकांश गीतहरू हिट छन्।

प्रकाशित: Feb 21, 2026| 16:02 शनिबार, फागुन ९, २०८२
प्रतिक्रिया दिनुहोस्