शुक्रबार, फागुन ८, २०८२

इरानलाई ट्रम्पले दिए १५ दिनको अल्टिमेटम

 |  शुक्रबार, फागुन ८, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ८, २०८२

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन्।वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रममा ठोस सम्झौता गर्न अल्टिमेटम दिएका हुन्।अन्यथा अत्यन्त खराब परिणाम भोग्नुपर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।  इरानलाई १०र१५ दिन पर्याप्त हुन्छ। यो समयभित्र सम्झौतामा नआए तेहरानले धेरै खराब परिणाम ब्यहोर्नुपर्नेछ, ट्रम्पले भने।

National life

कुटनीतिक तवरबाटै विवाद समाधानका लागि अमेरिकाले इरानसँग स्वीट्जरल्याण्डको जेनेभामा वार्ता गरेको थियो।वार्ता सकारात्मक भएको भनेर इरानले भने पनि अमेरिकाले भने कुनै पनि विषयमा ठोस सहमति नभएको बताएको छ।इरानले सम्झौताका लागि अर्को मस्यौदा तयार गर्न १५ दिनको समय मागेको छ। जेनेभाको वार्ताअघि इरान र अमेरिकाबीच ओमानको मस्कटमा छलफल भएको थियो।वासिङ्टनले इरानले युरेनियम समृद्धीकरण पूर्ण रूपमा त्याग्नुपर्ने सर्त वासिङ्टनको छ। साथै लामो दूरीका ब्यालिस्टिक मिसाइल कार्यक्रम रोक्नुपर्ने र मध्यपूर्वका लडाकू समूहहरूलाई समर्थन नगर्न दबाब दिएको छ।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ। उसले इरानको मिसाइल कार्यक्रममा छलफलको विषय हुन नसक्ने भनेको थियो। त्यस्तै अन्य देशका कुन समूहहरूलाई समर्थन दिनेरनदिने भन्ने निर्णय इरानको आन्तरिक विषय भएको पनि इरानी विदेशमन्त्री अब्बास अराक्चीले मस्कटको छलफलपछि बताएका थिए। तारान्तार वार्ता र छलफलका बाबजुद कुनै पनि सहमति नहुँदा अमरिकाले इरानको छेउछाउ सैन्य उपस्थिति तीव्र गतिमा वृद्धि गरेको छ।अमेरिकी सेना इरानमा हमलाका लागि तम्तयार भएर बसेको खबर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।

छिटोमा यही सप्ताह्न्तमा अमेरिकाले इरानमा हमला गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको र राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश मात्रै सेनाले कुरिरहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका थिए।त्यसको तयारी पनि अमेरिकी सेनाले व्यापक बनाएको छ।  अमेरिकी युद्धपोत अब्राहम लिंकन एक महिनादेखि नै मध्यपूर्व क्षेत्रमा तैनाथ गरिएको छ।

प्रकाशित: Feb 20, 2026| 13:35 शुक्रबार, फागुन ८, २०८२
प्रतिक्रिया दिनुहोस्