मंगलबार, फागुन ५, २०८२

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

 |  मंगलबार, फागुन ५, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ५, २०८२

काठमाडौं- आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ। सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८५ निर्धारण भएको छ। 

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ। साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ९८५ मा खरिदबिक्री भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Feb 17, 2026| 11:48 मंगलबार, फागुन ५, २०८२
प्रतिक्रिया दिनुहोस्