शुक्रबार, जेठ १, २०८३

साक्षीलाई एक रातमा एक करोडको अफर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – तेलुगु फिल्म जेम्स बोन्ड र अक्सिजनमा अभिनय गरेकी नायिका साक्षी चौधरी एक भिडियोका कारण यतिबेला चर्चामा छिन्। साक्षी बेलाबेला आफ्नो ट्विटर र इंस्टाग्राममा आफ्ना भिडियो र तस्बिरहरु सेयर गर्ने गर्छिन्। साक्षीले आफूले सेयर गरेको भिडियो हेरेर धेरैले आपत्तिजनक म्यासेज गर्ने गरेको बताएकी छन्।

‘मलाई पठाइएका म्यासेजमा पैसासँगै सेक्सुअल अफरका कुरा पनि हुन्छन्’, उनले भनिन्। ‘भिडियो देखेर मान्छेहरु पागलजस्तै भएका छन्,’ उनले लेखेकी छन्, ‘मलाई एक रातको एक करोडको अफर गरिरहेका छन्। तर, उनीहरु मुर्ख हुन्। किनकि म बिकाउ होइन।’

साक्षीले लेखेकी छन्, ‘बस मेरो भिडियो हेरेर काम चलाऊ ‘मेगनेट’ को फस्ट सो हेर्न जानु। ‘मेगनेट’ साक्षीको आगामी तेलुगु फिल्म हो। जुन केही दिनमै रिलीज हुने छ।

साक्षी तेलुगु फिल्म पोचुगाडु फिल्ममार्फत २०१३ मा फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी नायिका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्