शनिबार, फागुन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

 |  शुक्रबार, फागुन १, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १, २०८२

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा  सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ।

National life

चालु आवका लागि कूल रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा रू आठ खर्ब एक अर्ब ३७ करोड ४९ लाख खर्च भएको छ। यस वार्षिक विनियोजनको ४० दशमलव ८ प्रतिशत बराबर हो। चालुगत शीर्षकमा यस वर्ष रू ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४७ दशमलव ६२ प्रतिशत अर्थात् रू पाँच खर्ब ६२ अर्ब ३७ करोड १५ लाख बराबर खर्च भएको छ। 

त्यस्तै, पुँजीगत शीर्षकमा रू चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १५ दशमलव ६२ प्रतिशत अर्थात् रू ६३ अर्ब ७२ करोड ९९ लाख खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकको माघ मसान्तसम्मको खर्च ४६ दशमलव ७१ प्रतिशत छ। यो शीर्षकमा रू तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा रू एक खर्ब ७५ अर्ब २७ करोड ३५ लाख खर्च भएको छ।

यस आवका लागि सरकारले रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा ४४ दशमलव ४९ प्रतिशत प्रगति भएको छ। हालसम्ममा रू छ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख बराबर राजस्व उठेको छ। कर राजस्वतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २१ प्रतिशत अर्थात् रू पाँच खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको ४२ दशमलव ५५ अर्थात् रू ६५ अर्ब ७१ करोड तीन लाख बराबर असुली भएको छ।

चालु आवमा रू ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको वैदेशिक अनुदान लिने सरकारी लक्ष्य थियो। माघ मसान्तसम्ममा रू १२ अर्ब ८३ करोड ७९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको २४ दशमलव ०२ प्रतिशत प्राप्त भएको कार्यालयले जनाएको छ।

Laxmi sunrise bank

प्रकाशित: Feb 13, 2026| 12:08 शुक्रबार, फागुन १, २०८२
प्रतिक्रिया दिनुहोस्