बिहीबार, माघ २९, २०८२

नेप्से करिब स्थिर हुँदा पाँच उपसमूहमा हरियाली

 |  बुधबार, माघ २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०८२

काठमाडौं। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से बुधबार भने झिनो अंकले मात्रै घटेको छ।

National life

यस दिन नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले उकालो लागेको छ।

नेप्से करिब स्थिर रहे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३२९ स्टकको ८२ हजार ४५० पटकको कारोबारमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन रिडी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढेको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ। त्यस्तै, सुमर माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.३९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा पनि रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ६२ करोड रुपैयाँ नाघेको छ भने सिंगटी हाइड्रो इनर्जीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

Laxmi sunrise bank

उपसमूहतर्फ १३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूह सामान्य अंकले बढेका छन् भने बाँकी उपसमूहहरूमा झिनो गिरावट देखिएको छ।

प्रकाशित: Feb 11, 2026| 15:41 बुधबार, माघ २८, २०८२
प्रतिक्रिया दिनुहोस्