बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इरानलाई  ट्रम्पको धम्की ,हाम्रो एउटा विशाल जहाज त्यसतर्फ गइरहेको छ

इरानलाई  ट्रम्पको धम्की ,हाम्रो एउटा विशाल जहाज त्यसतर्फ गइरहेको छ

 |  बुधबार, माघ २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०८२

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक इरानलाई धम्की दिएका छन्। एक टीभी च्यानलसँगको अन्तर्वार्तामा उनले इरानसँग जारी वार्ताका विषयमा बताउँदै पुन चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन्।ट्रम्पले भनेका छन्,'हाम्रो एउटा विशाल जहाज इरानतर्फ गइरहेको छ। मलाई लाग्छ उनीहरू इरान सम्झौता गर्न चाहन्छन्।'

उनले  भनेका छन्। मलाई लाग्छ यदि उनीहरूले त्यसो गरेनन् भने मूर्ख साबित हुनेछन्। हामीले अघिल्लोपटक उनीहरूका आणविक पूर्वाधार नष्ट गरेका थियौं। यसपटक हामी अरू के नष्ट गर्न सक्छौं हेर्दै छौं।यसअघि सोमबार इरान र अमेरिकाका अधिकारीहरूबिच ओमानमा वार्ता भएको थियो। जसमा ओमानले मध्यस्थताको भूमिका निर्वाह गरेको थियो। यसपछि पनि उनीहरूले वार्तालाई निरन्तरता दिने बताएका थिए।

प्रकाशित: Feb 11, 2026| 13:31 बुधबार, माघ २८, २०८२
प्रतिक्रिया दिनुहोस्