काठमाडौं-स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाकलाई आज औपचारिक रूपमा सार्वजनिक गरेको छ। एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्वपूर्ण उपलब्धि थपेको छ। चन्द्रागिरि हिल्समा आयोजित लन्च कार्यक्रम कम्पनीको लिडरशिप, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। यस मोडलले नेपालमा उत्साह झल्काएको छ।
कार्यक्रमको उद्घाटन एमएडब्लू ग्रुपका अध्यक्ष श्री विष्णु कुमार अग्रवाल तथा एमएडब्लू एक्सपान्ज प्रा. लि. का कार्यकारी निर्देशक श्री रौनक अग्रवालले संयुक्त रूपमा उद्धाटन गरेका थिए। कायलाक सार्वजनिक गर्दै नेपालको विविधतायुक्त सडक अवस्थाका लागि यसको उपयुक्तताबारे प्रकाश पारे। कार्यक्रममा कायलाकलाई केवल सहरका लागि मात्र नभई हाइवे र पहाडी सडकका लागि समेत उपयुक्त एसयुभीका रूपमा प्रस्तुत गरिएको छ। वास्तविक नेपाली सडकका लागि बनेको गाडी भन्ने पहिचानलाई थप मजबुत बनाएको छ।
सहरमा सहज प्रयोग, हाइवेमा आरामदायी यात्रा र पहाडी सडकमा आत्मविश्वासपूर्ण प्रदर्शनका लागि डिजाइन गरिएको स्कोडा कायलाकले कम्प्याक्ट आकारको हुँदाहुँदै पनि दमदार रोड प्रेजेन्स र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्दछ।१७८ Nm टर्क र ११५ bhp पावर दिने टर्बोचार्ज्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित कायलाक आफ्नो सेग्मेन्टकै उत्कृष्ट प्रदर्शन दिने गाडीमध्ये एक हो। यसले सहज ओभरटेक, उकालोमा मजबुत चढाइ तथा दैनिक यात्रामा सहजता प्रदान गर्छ। यसको सन्तुलित पावर डेलिभरीले उकालो, ग्राभेल सडक तथा अनिश्चित सतहमा समेत नियन्त्रणसहितको प्रदर्शन सुनिश्चित गर्दछ।
यसलाई नेपालको विविधतायुक्त भू-भागका लागि अत्यन्त उपयुक्त बनाउँछ।अब ने.रू. ४५.९० लाखदेखि उपलब्ध कायलाकले उच्च प्रदर्शन, सुरक्षा र प्रिमियम निर्माण गुणस्तरलाई अझ फराकिलो ग्राहक वर्गसम्म पुर्याएको छ। यस लाइनअपको प्रमुख आकर्षण स्कोडा कायलाक अटोमेटिक हो, जुन ने.रू. ५२.९० लाखदेखि सुरु हुन्छ र विशेष गरी ट्राफिक तथा उकालोमा गाडी रोक्दा-चलाउँदा स्मूथ, शक्तिशाली र तनावमुक्त ड्राइभिङ अनुभव प्रदान गर्दछ।