बुधबार, साउन १३, २०८३

नेप्से परोसूचक २६ अङ्कले घट्यो

 |  सोमबार, माघ २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०८२

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ।

आज विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। दुई सय १२ कम्पनीको शेयर मूल्य घट्दा ४२ को मात्रै बढेको छ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५ दशमलव ४० प्रतिशतले घटेको छ।

प्रकाशित: Feb 09, 2026| 16:35 सोमबार, माघ २६, २०८२
प्रतिक्रिया दिनुहोस्