आइतबार, माघ २५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • स्वच्छ वातावरणका लागि गोरेटो कन्सलट्यान्सी जुट्यो सरसफाइमा

स्वच्छ वातावरणका लागि गोरेटो कन्सलट्यान्सी जुट्यो सरसफाइमा

 |  आइतबार, माघ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०८२

काठमाडौं ।  गोरेटो कन्सलट्यान्सी सरसफाई अभियानमा जुटेको छ।

National life

लामो समयदेखि अष्ट्रेलिया, क्यानडा, यूके र यूएसए जान इच्छुक विद्यार्थीलाई परामर्श र सेवा दिँदै आइरहेको गोरेटो सामाजिक उत्तरदायित्व बहन गर्दै वातावरण सरसफाइमा जुटेको हो।

आफ्नो पाँचौं साधारणसभाको अवसरमा गोरेटो कन्सलट्यान्सीका देशभरका दर्शन बढी शाखाका काउन्सलरहरूको अगुवाइमा काठमाडोंको चम्पादेवी पैदलमार्गमा सरसफाई गरिएको छ।

सरसफाई कार्यक्रमा गोरेटोका ४२ जना सदस्यले तीन सय केजी फोहोर संकलन गरेको सिईओ धिरज कँडेलले बताए। गोरेटोले केही समयदेखि ट्रेकमी नेपाल नामक संस्था पनि सञ्चालनमा ल्याएको छ। 

यसले विदेशबाट पर्यटकलाई नेपालका विभिन्न पैदल मार्ग, सांस्कृतिक र ऐतिहाँसिक स्थलमा पुर्‍याउँदै आएको बरिष्ठ परामर्शदाता कँडेलले बताए। 

Laxmi sunrise bank

त्यस्तै बजार प्रबन्दक प्रकाश रेग्मीले नेपालमा रहेका साना ठूला पैदलमार्गमा अनावश्यक कृतिम संरचनामा जोड नदिई प्राकृतिक संरचनालाई जिवन्त राख्दै वातावरण तथा प्राकृतिक सौन्दर्यतालाई जोगाइराख्न सबैमा अपिल गरे।

प्रकाशित: Feb 08, 2026| 12:03 आइतबार, माघ २५, २०८२
प्रतिक्रिया दिनुहोस्