मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फागुन ४ देखि सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै 

फागुन ४ देखि सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै 

 |  शुक्रबार, माघ २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०८२
National life
Shivam cement

काठमाडौं-सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित   क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकोआईपीओ बाँडफाँटपपछि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ५५ हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

 कम्पनीले ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा फागुन १० गते हुनेछ भने ढिलोमा फागुन १९ गते हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित: Feb 06, 2026| 15:02 शुक्रबार, माघ २३, २०८२
प्रतिक्रिया दिनुहोस्