बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गरिमा क्यापिटल लिमिटेड व्यवस्थापक रहेको,'गरिमा सुवर्ण योजना' ले पायो निष्काशन स्वीकृति

गरिमा क्यापिटल लिमिटेड व्यवस्थापक रहेको,'गरिमा सुवर्ण योजना' ले पायो निष्काशन स्वीकृति

 |  बिहीबार, माघ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०८२

काठमाडौं- गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड व्यवस्थापक रहेको 'गरिमा सुवर्ण योजना'ले निष्काशनका लागि स्वीकृति पाएको छ। 

सामूहिक लगानी कोष गरिमा म्युचुअल फन्डअन्तर्गत बैंकबाट प्रवर्द्धित खुलामुखी योजना १ अर्ब बराबरको रहेको छ। यही माघ २१ गते धितोपत्र बोर्डले योजना निष्काशनलाई स्वीकृति दिएको हो। 

यसअनुसार ५ करोड इकाइ प्रतिइकाइ मूल्य १० रुपैयाँमा निष्काशन गरिनेछ। कुल निष्काशनमध्ये न्यूनतम बिक्री हुनुपर्ने इकाइ ५० प्रतिशत अर्थात् २ करोड ५० लाख रहेको छ। 

यसमा १ सय इकाइ कम्तीमा आवेदन दिन सकिनेछ। 

प्रकाशित: Feb 05, 2026| 15:48 बिहीबार, माघ २२, २०८२
प्रतिक्रिया दिनुहोस्