बुधबार, साउन १३, २०८३

साढे ९ हजारले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? 

 |  बिहीबार, माघ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको छ। 

बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो। गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित: Feb 05, 2026| 13:39 बिहीबार, माघ २२, २०८२
प्रतिक्रिया दिनुहोस्