बुधबार, साउन १३, २०८३

सुनचाँदीको मूल्य फेरि बढ्यो

 |  बुधबार, माघ २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ। मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य  रु तीन लाख चार हजार ७०० र  त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको छ।  मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र  त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित: Feb 04, 2026| 13:12 बुधबार, माघ २१, २०८२
प्रतिक्रिया दिनुहोस्