काठमाडौं । सामसुङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट तथा एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।
यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।
ग्राहकहरूले ७ के.जी देखि १२ के.जी सम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड, र सेमी-अटो मेटिक टप-लोड वाशिङ मेसिनहरूमा अधिकतम23% सम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछन्।
त्यस्तै, सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरहरुमा17%सम्मको क्यासब्याक उपलब्ध छ। सामसङ वाशिंग मेशिनहरुमा मोटरमा २० वर्षको वारेन्टी तथा ४००ख् सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरहरुमा ३००ख् सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिस्चित हुन्छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।