बुधबार, साउन १३, २०८३

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

 |  मंगलबार, माघ २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०८२

काठमाडौं- प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सिइओ नियुक्त गरेको हो।

माघ २० गतेदेखि लागू हुने गरी शर्मालाई ४ वर्षका लागि सिइओको जिम्मेवारी दिइएको छ। यसअघिका सिइओ अशोक शेरचनले पदबाट राजिनामा दिएसँगै शर्मालाई सिइओ नियुक्त गरिएको हो।

नवनियुक्त सिइओ शर्मा यसअघि सनराइज बैंकमा सिइओ रहेका थिए। त्यस्तै, उनले ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सिइओ भएर काम गरिसकेका छन्।

प्रकाशित: Feb 03, 2026| 14:05 मंगलबार, माघ २०, २०८२
प्रतिक्रिया दिनुहोस्