आइतबार, माघ १८, २०८२

आज पनि सुनचाँदीकै मूल्यमा उच्च गिरावट

 |  आइतबार, माघ १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो।

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ५०० कायम भएको छ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको थियो। बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ मा किनबेच भएको थियो।

त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको भने गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

Laxmi sunrise bank

प्रकाशित: Feb 01, 2026| 13:00 आइतबार, माघ १८, २०८२
प्रतिक्रिया दिनुहोस्