शुक्रबार, माघ १६, २०८२

अटो दुर्घटना हुँदा ६ जना घाइते

 |  शुक्रबार, माघ १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०८२

धनकुटा । धनकुटा नगरपालिका–४ छारागाउँस्थित पिपलडाँडा भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

National life

सान्ताङबाट ठोकातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ह ८६६९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।

दुर्घटनामा अटो चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटो चालक धनकुटा–४ निवासी वर्ष ३८ का पञ्चलाल राई, वर्ष २७ की सपना राई, वर्ष २६ की लजु राई, वर्ष २ की अमिम्सा राई (लजु राईकी छोरी), लोकेन्द्र राई, वर्ष ५८ का प्रेमबहादुर राई घाइते भएका छन्।

सबै घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ। अटो चालक पञ्चलाल राई र प्रेमबहादुर राईलाई थप परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान रिफर गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 30, 2026| 20:03 शुक्रबार, माघ १६, २०८२
प्रतिक्रिया दिनुहोस्