बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लगातार बढ्दै आएको सुनचाँदीकै मूल्यमा आज व्यापक गिरावट

लगातार बढ्दै आएको सुनचाँदीकै मूल्यमा आज व्यापक गिरावट

 |  शुक्रबार, माघ १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको २० हजार पाँचसय रुपैयाँ घटेसँगै एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ।

बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको थियो।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो। यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jan 30, 2026| 13:26 शुक्रबार, माघ १६, २०८२
प्रतिक्रिया दिनुहोस्